बणगंगाको बनगाइमा जय पाथिभरा पोलिक्लिनिकको शुभारम्भ

रामबहादुर गन्धर्व, कपिलवस्तु । स्वास्थ्य जीवन सफलताको आधार भन्ने मुल नाराका साथ कपिलवस्तु जिल्लाको बाणगंङ्गा नगरपालिका ७ बनगाईमा जय पाथिभरा पोलिक्लिनिकको शुभारम्भ गरिएको छ ।

बणगंगा ७ बाट करिब दुई दशक देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको बनगाइ स्थित कामना मेडिकल हलको सहभागिता सहित नयाँ व्यवस्थापनका साथ पाथिभरा पोलिक्लिनिक संचालनमा ल्याएको हो । केही महिना अघि देखि नै सेवा सुचारु गरेको भए पनि आज सोमबार औपचारिक शुभारम्भ गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य सेवामा सुविधा बिस्तार गर्ने , ग्रामिण स्तरका सेवाग्राहीहरूलाई स्वास्थ्यका पहुँचमा ल्याउन, दुर्घटनाका बिरामीहरूलाई तत्काल उपचार सेवा दिनुे उद्देश्यका साथ बिषेज्ञ डाक्टरद्वारा सेवा दिने गरी पोलिक्लिनकलाई सञ्चालनमा ल्याइएको अध्यक्ष बिष्णु रायमाझीले बताउनुभयो । श्रावण महिनाभर आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सेवासुबिधा दिनुका साथै सुगर , प्रेसर ,मेडीकल अपिसर डाक्टरद्वारा लिइने चेकजाँचमा समेत निःशुल्क गरिने जानकारी दिनुभयो ।

वरिष्ठ फिजिसियन डाक्टर मोनिका बिश्वासले उद्वघाटन गर्नु भएको कार्यक्रममा बाणगंगा नगपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, वडा नं.६ का वडा अध्यक्ष करूण टण्डन ,वडा न.७ का बुद्धिजीवी,समाजसेवी लगाएतकोे कार्यक्रममा उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

खबर सबै