

लागुऔषध सहित तीन जना पक्राउ


बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
१ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय ईर्फान जोलाह रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया