

लुम्बिनीका दुई प्रादेशिक अस्पतालमा आज देखि टिकट सेवा निःशुल्क


रुपन्देही । नयाँ आर्थिक वर्षको सुरुवातसँगै लुम्बिनी प्रदेश सरकारले आइतबारबाट लुम्बिनीका प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी), बेड तथा आपत्कालीन उपचार सेवाको टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ ।
बुटवलस्थित लुम्बिनी र दाङमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउनेले यस्तो सुविधा प्राप्त गर्ने बताइएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीबाट शुल्क नलिने घोषणा गरेको हो । त्यसका लागि सरकारले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले गरेको घोषणा नयाँ आर्थिक वर्षको पहिलो दिनबाट कार्यन्वयनमा ल्याइएको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बताए ।
‘प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा साउन १ बाट निःशुल्क व्यवस्था लागू गरिएको हो,’ उनले भने, ‘बहिरंग सेवा र बेड निःशुल्क उपलब्ध गराउन सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।’
शुल्क नलाग्ने भए पनि उपचारलाई व्यवस्थित गर्न र बिरामीको रेकर्डका लागि काउन्टरबाट टिकट लिनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए । आइतबारबाट लागू हुने गरी प्रदेशका सरकारी अस्पतालमा निस्शुल्क रगत उपलब्ध हुने भएको छ । रगत निस्शुल्क उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा निस्शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेन्डेन्ट डा। इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
रक्तसञ्चार केन्द्रका प्रदेश महासचिव पंगेनीले कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्तसञ्चार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा निस्शुल्क रगत उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए । कान्तिपुरबाट ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया