

नेपाल नामिबियासँग ६३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो ।
नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । नेपालले आज अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ । अङ्क तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र एक बराबरीकासाथ १७ अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्ककासाथ पाँचौँ स्थानमा उक्लिएको छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया