

संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउँदै त्यसलाई निस्तेज गर्नेगरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
उनले प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्रि प्रकासन प्रसारण नगर्न पनि आग्रह गरे । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको बताएका छन् ।
लामो संघषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन मुख्यमन्त्री केसीले आग्रह गरे ।
संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उनले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गरे ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि प्राप्त उपलब्धिको रक्षामा जोड दिए । उनले संघीयताकै कारण पत्रकारहरुको प्रतिस्पर्धी क्षमतामा विकास भएको पनि बताए ।
त्यस्तै अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास पनि हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राखे ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया