

संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउँदै त्यसलाई निस्तेज गर्नेगरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
उनले प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्रि प्रकासन प्रसारण नगर्न पनि आग्रह गरे । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको बताएका छन् ।
लामो संघषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन मुख्यमन्त्री केसीले आग्रह गरे ।
संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उनले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गरे ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि प्राप्त उपलब्धिको रक्षामा जोड दिए । उनले संघीयताकै कारण पत्रकारहरुको प्रतिस्पर्धी क्षमतामा विकास भएको पनि बताए ।
त्यस्तै अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास पनि हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राखे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया