

जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी



दाङ । वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको घोराहीमा ६ जना बिरामी भएका छन् ।
शनिवार बिहान नजिकैको वनबाट सङ्कलन गरी ल्याइएको च्याउको तरकारी पकाएर खाएका घोराही उपमहानगरपालिका – ११ खैरा बस्ने ४२ वर्षीय भोला बीसी र उहाँका छोरीहरू २० वर्षीया सोनु बीसी तथा १५ वर्षीया पविता बीसी रहेका छन् ।
त्यसैगरी घोराही – १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
च्याउको तरकारी खाएको केही समयमा उहाँहरु बिरामी भएको प्रहरीले जनाएको छ । उहाँहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया