

जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी

दाङ । वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको घोराहीमा ६ जना बिरामी भएका छन् ।
शनिवार बिहान नजिकैको वनबाट सङ्कलन गरी ल्याइएको च्याउको तरकारी पकाएर खाएका घोराही उपमहानगरपालिका – ११ खैरा बस्ने ४२ वर्षीय भोला बीसी र उहाँका छोरीहरू २० वर्षीया सोनु बीसी तथा १५ वर्षीया पविता बीसी रहेका छन् ।
त्यसैगरी घोराही – १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
च्याउको तरकारी खाएको केही समयमा उहाँहरु बिरामी भएको प्रहरीले जनाएको छ । उहाँहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया