

कच्चा पदार्थको मुल्यवृद्धिले इँटा उद्योग संकटमा



रुपन्देही । रुपन्देहीमा रहेका इँटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । इँटामा रुपन्देही आत्मनिर्भर जिल्ला रहे पनि पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण व्यावसायिकहरू उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताए ।
कोइलाको मूल्य बढेको र नेपालमा आयात हुने कोइला गुणस्तरहीन हुँदा समस्या थपिएको उनले बताए । गत वर्षप्रति मेट्रिकटन २४ हजार खरिद गरिदै आएको कोइला अहिले बढेर २९ देखि ४० हजार पुगेको छ । नेपालमा आयात हुने कोइला भारतको बिहार, रानीगन्ज, बंगाललगायतका स्थानबाट आउने गरेको गुप्ताले बताए ।
नेपालमा अमेरिका, इन्डोनेसिया, भारतको आसामबाट आउने कोइला राम्रो मानिन्छ, तर हाल नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण इँटा उत्पादनमा समेत प्रभाव परेको उद्योगीहरूको गुनासो छ ।
इँटा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा खर्च हुने गर्दछ । प्रत्येक वर्ष बेमौसमी वर्षाले करौडौँको इँटा नष्ट हुँदा व्यवसायीहरू मर्कामा पर्ने गरेका छन् भने कोइलामा भएको मूल्यवृद्धिले थप मारमा परेको गुनासो गरेका छन् । पछिल्लो समय उद्योगीहरूले काँचो इँटाको बिमा हुनुपर्ने माग गर्दै आएका छन् । तर, मागको सम्बोधन भएको छैन ।
इँटा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा लाग्ने गर्दछ । कोइला भारत र पाकिस्तानमा पनि अभाव छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने गुप्ताले बताए । ‘कोइलापछि डिजलमा भएको मूल्यवृद्धि अर्को समस्या रहेको छ, विकास निर्माण कार्य अपेक्षित रूपमा सञ्चालन हुन सकेका छैनन्, उनले भने, इँटाको माग बजारमा छैन, ।
बजारमा देखिएको तरलता, मजदुर नपाउने समस्या, गुणस्तरहीन कोइला र डिजेलमा भएको मूल्यवृद्धि लगायतका कारण उद्योग सञ्चालन गर्न कठिन अवस्थामा पुगेको महासचिव गुप्ताले बताए । उद्योग बन्द हुन नदिनका लागि सरकार गम्भीर हुनुपर्ने र कोइला आयातमा सरकारले भन्सार छुट दिनुपर्ने उनको भनाइ छ ।
लुम्बिनी इँटा उद्योग व्यवसायी संघका कार्यसमिति सदस्य दीपक पौडेलले कोइलाको मूल्य बढ्नु, मजदुर लागत बढ्नु, मूल्यवृद्धि हुनु, तर इँटाको मूल्य नबढ्नुले उद्योगी मारमा परेको बताए ।
लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अनुसार रुपन्देहीमा हाल ४८ वटा इँटा उद्योग सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा भने दुई सयभन्दा बढी इँटा उद्योग सञ्चालनमा छन् । नयाँपत्रिकामा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया