

गल्ती गरेको छैन, हजारौँ छानबिन समितिको पनि सामना गर्न तयार छु : शर्मा



काठमाण्डौ
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो ।
उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।
प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गर्नुभएको छ । उहाँले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गर्नुभयो । नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाउनुभयो । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छानबिन समितिले आफ्नो काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’
उहाँले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताउनुभयो । एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।
‘कुन सीसीटीभीको क्षमता कति छ र कहिले राखेको भन्ने विषय मन्त्रीलाई थाहा हुन्छ रु अरू मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सीसीटीभीको बारेमा जानकारी छ रु यो संसद् भवनमा कति क्षमताका क्यामेरा छन्, माननीयहरूलाई थाहा छ त रु’ शर्माले भन्नुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया