

भालुको पित्त सहित अर्घाखाँची र रुपन्देहीका एक एक जना पक्राउ


कपिलवस्तु । संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने २ थान आखेटोपहार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका २ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रूपन्देही बुटवल उपमहानगरपालिका ३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जी रहोको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी, नयाँबस्तीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाईएको छ ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया