

नेपाललाई लगातार दोस्रो जित, ओन्टारियो ५५ रनले पराजित



काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो ।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।
नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ७१ रनको योगदान दिए भने र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे । ओन्टारियोका रेमन्ड, भरुण सेहदेव र किनान टिन्टोले १र१ विकेट लिए ।
यसअघि शुक्रवार राति भएको एक दिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँगको श्रृङ्खला अघि नेपालले अभ्यास खेल खेलेको हो ।अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय जुलाई ५ तारिख र दोस्रो एक दिवसीय जुलाई ६ तारिखमा हुनेछ । त्यसपछि नेपालले स्कटल्यान्डमा विश्व कप लिग टु अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया