

कपिलवस्तु कृषि सहकारीले दियो आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा



नवराज बेल्वासे, कपिलवस्तु । कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बैरिया स्थित सो सहकारीले संस्थाका शेयर सदस्यहरुका निम्ति एक दिने सहकारी शिक्षा शिविर बैरियामा रहेको मायादेबि रिसोर्टमा सम्पन्न गरेको जानकारी दिएको छ ।
सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर पौडेल क्षेत्रीको अध्यक्षता तथा सचिव नवदत्त घिमिरेको सञ्चालन रहेको थियो । यस्तै संस्थाका उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा पोष्ट राज गौतम र राम बहादुर पौडेल क्षेत्रीले सहकारी, मुल्यमान्यता र सिद्धान्तका साथसाथै संस्थाका विविध पक्षका बारेमा सहजिकरण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक सुरेन्द्र घिमिरे र सल्लाहकार समितिका संयोजक धातानन्द भुसालले सम्बोधन गर्नुभएको संस्थाका कोषाध्यक्ष नारायण पौडेलले जानकारि दिनुभएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया