

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ



दाङ । दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत, १६ वर्षीय रातन बस्नेत, १६ वर्षीय नसिब अहमद, १५ वर्षीय बरुण कुमाल, १९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।
उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया