

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

दाङ । दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत, १६ वर्षीय रातन बस्नेत, १६ वर्षीय नसिब अहमद, १५ वर्षीय बरुण कुमाल, १९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।
उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया