

डब्ल्युएचओको चेतावनी – महामारी समाप्त भएको छैन, ११० देशमा पुनः बढ्यो संक्रमण


एजेन्सी – नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’
डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया