

लुम्बिनी प्रदेशमा करिब ३२ प्रतिशत रोपाई सकियो





बुटवल । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र सबैक्षेत्रमा समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ ।
प्रदेशमा आज सम्म करिब ३२.७१ प्रतिशत मात्रै धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०।८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ ।
गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशतधान रोपाई सकिएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।
नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने जिल्ला कपिलवस्तु हो । यहाँ १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ ।
कपिलवस्तु जिल्लामा यसवर्ष केही ढिलो गरी धान रोपाई भएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर खेतियोग्य जमिन मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिएका छन ।
यता लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने १ हजार ४१९.४२ हेक्टर मध्ये ९ सय २२.६२ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा ४ हजार ३४० हेक्टर मध्ये २ हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७ हजार ४७६.६८ हेक्टरमा रोपाई सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।
उता गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमाकुलधान खेतिहुने ८ हजार ८३६ हेक्टर मध्ये २ हजार ३८५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पमा ७ हजार ७०६ हेक्टर मध्ये २ हजार ६९७.१० हेक्टर क्षेत्रफलमा रोपाई सकि सकेको छ ।
यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । सिँचाईको अभाव र आकाशको पानीमा निर्भर हुँदा गत वर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।
‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमा पर्यो ।’–उनले भने। साथै असार भरिमा लुम्बिनी प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने उनले बताए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी













प्रतिक्रिया