लुम्बिनी प्रदेशको बजेट पारित भयो

बुटवल । लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो । कूल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए ।

उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धिका लागि योजना निर्माण गरिएको बताउँदै त्यसमा सबैले सहयोग गर्न अपिल गरे । उनले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट सरकारको मात्रै नीति नभएको बताउँदै सरकारले ल्याएको बजेट आम लुम्बिनीवासीको भएको बताए ।

प्रतिक्रिया

खबर सबै