

दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए, श्रीमती घाइते



दाङ
दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोजेको थिए । त्यसक्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठको हात, खुट्टामा जलेको छ ।
ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
आगलागीबाट कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरीले ती श्रेष्ठलाई पक्राउ गरी थप घटनाबारे अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया