बुटवल स्थित ज्योतिनगरमा पहिरो : दुई घरमा क्षति

बुटवल

बुटवल उपमहानगरपालिकाको चुरे क्षेत्र स्थित ज्योतिनगरमा पहिरो आउँदा दुई घरमा बस्न नमिल्ने गरि क्षति भएको छ । मंगलबार आएको पहिरोले दुई घरमा पूर्ण रूपमा र अरू २२ घरमा आंशिक क्षति गरेको छ ।

वर्षाको भलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो । बुटवल उपमहानगर र इलाका प्रहरीले क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ । स्थानीय पार्वती अर्यालकाअनुसार मानवीय क्षति नभएपनि दुई दर्जन घरमा बस्न नसक्ने गरी क्षति पुगेको छ ।

प्रतिक्रिया

खबर सबै