

लगातार वर्षा : ठाउँठाउँमा बाढी, पहिरो र डुबान





काठमाण्डौ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना भएका छन् ।
बाढीले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका ६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ । सुन्दरहरैँचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको हो ।
यस्तै लगातारको वर्षाका कारण आएको बाढीले मोरङको विराटनर र कटहरीमा एक सय ७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा एक सय ७५ परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले आफन्तकोमा तथा सुरक्षित ठाउँमा गएर बसेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अहिले पनि पानी परिरहेकाले खोला किनारका बस्तीमा रहेकाहरूलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यस्तै झापामा दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आएको प्रहरीले जनाएको छ । यो ठाउँमा ४ र ५ नम्बर वडाका ५० घर डुबानमा परेका छन् ।
त्यस्तै भद्रपुर नगरपालिकामा २५ घरमा बाढी पसेको छ । शिवसताक्षी नगरपालिकाका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा गाउँपालिका १ मिलनबस्तीका ९० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच पहिरोका कारण बन्द भएको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड सञ्चालनमा आएको छ । वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया