

श्रीलङ्कामा इन्धन अभाव : अबको २ हप्ता अत्यावश्यक गाडीले मात्रै इन्धन पाउने



एजेन्सी । श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने गाडीलाई मात्र पेट्रोल भर्न दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
यस्तै सहरी क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । सरकारी अधिकारीहरूले दुई करोड २० लाख जना मानिसलाई घरबाटै काम गर्न भनेका छन् । श्रीलङ्का अहिले इन्धन, खाद्यान्न, औषधिजस्ता वस्तुको आयातको रकम तिर्न सङ्घर्ष गरिरहेको छ ।
श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले देश खराब आर्थिक सङ्कटमा रहेकाले अबको दुई हप्ता निजी गाडी तथा अत्यावश्यकबाहेकका सबै गाडीलाई पेट्रोल बिक्री बन्द गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया