

लागुऔषधविरुद्ध बाँकेमा सप्ताहव्यापी कार्यक्रम


नेपालगञ्ज । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन्।
दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ। लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ। १२ गते विहान प्रभातफेरिसँगै समापन हुनेछ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नै शनिबार पत्रकार सम्मेलन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागुऔषध प्रयोगकर्ता, कारोबारी, पुनःस्थापना केन्द्रका बारेमा जानकारी दिए।
बाँकेमा २० वटा पुनःस्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ। निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन्।
पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ। गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बरबढी पक्राउ गरिएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया