

कोईली नदीको पुल निर्माणमा जग्गा विवाद, स्थानीयद्धारा अवरोध



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सीमा क्षेत्रमा निर्माण सुरु भएको मोटरेवल पुलमा विवाद उत्पन्न भएको छ । कोइली नदीमा निर्माण गर्न लागिएको पुलको डिपिआर भएको स्थानमा जग्गा सम्बन्धी विवाद उतपन्न भएको हो ।
पुलको डिपिआर भई अहिले पुल निर्माण सुरु भएको छ । तर स्थानीयले निर्माण स्थलमा आफ्नो नम्बरी जग्गा भएको दावी गर्दै निर्माण कार्यमा अवरोध गरेका छन् । जग्गा धनीले हाल सो क्षेत्रमा तारबार गरेका छन भने बुधबार निर्माण कार्य नै रोक्न उनीहरुले दवाब दिएका छन् ।
जग्गा धनीले निर्माण कम्पनीलाई काम गर्न अवरोध गरेपछि बुधबार नै निर्माण स्थलमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी सहित बाणगंगा नगरपालिकाका नगर उप प्रमूख चक्रपाणी अर्याल, वडा नम्बर ७ र ९ का वडा अध्यक्षद्धोय विष्णु गिरी र धुव्र बेल्वासे, नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगाएतको टोलीले जग्गा धनी र निर्माण कम्पनीसँग संवाद गरेका छन् ।
कपिलवस्तुको पुरानो सडकको रुपमा रहेको जहदी–बनगाई– मोतिपुर–भलवाड–डोहोटे सडकको रुपमा रहेको सो सडक नक्सामा समेत छ । हाल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डको मोतिपुर र भलवाडको सीमा क्षेत्रमा रहेको कोईली नदीमा कजवे रहेको स्थानको झण्डै २० मिटरको नजिकमा मोटरेवल पुल निर्माण गर्न लागिएको छ । सो पुल निर्माणको केही महिना अघि डिपिआर भएको थियो तर डिपिआर तयार गर्दा कुनै अवरोध सिर्जना भएको थिएन । हाल पुल निर्माण कार्य सुरु भईसकेपछि भने स्थानीले आफुहरुको जग्गामा पुल बन्न लाग्दा कुनै जानकारी नभएको भन्दै काममा अवरोध गरेका हुन ।
स्थानीय रमेश थापाले पुल बन्ने स्थानमा आफ्नो लालपुर्जा सहितको जग्गा रहेको बताएका छन् । उनले आफुलाई जग्गा उपलब्ध गराएर मात्रै पुल निर्माण गर्न दिने बताए ।
यस्तै विवाद उत्पन्न भएपछि निर्माण स्थलमा पुगेका सासंद पन्थी र उप प्रमुख अर्याल सहितको टोलीले तत्काल जिल्ला नापी कार्यालयबाट नक्साको सडकको नाप लिने र जग्गा रहेको वा नरहेको यकिन गरी विकल्प निकाल्ने निश्कर्ष निकालेका छन् । हाल सो क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै तीन जनाले दावी गरेका छन् । जग्गा रहेको भए निकास खोजीने तर तत्काल पुल निर्माणमा अवरोध नगर्न सासंद पन्थीले स्थानीयलाई आग्रह गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया