

कोइलीको पुल : ठेकेदार भन्छन्, समयमै काम पुरा गर्छु



राजेन्द्र खनाल, कपिलवस्तु ।
वर्षाै देखि नाम चलेको तर काम हुन नसेको कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोईली नदीमा मोटरेवल पुल बन्ने पक्का भए सँगै नागरिकस्तरमा खुसी छाएको थियो । तर अहिले काम बन्द हुदाँ नागरिकस्तरमा निराशा छाएको छ ।
गत भदौ महिनामा ठेक्का सम्झौता भई काम समेत सुरु भएको पुलको हाल भने ठेकेदार कम्पनीबाट काम रोकिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ लाई जोड्ने मोतिपुर स्थित कजवे पुल जिर्ण भएपछि हाल सोही स्थानमा मोटरेवल पुल निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भए सँगै काम समेत सुरु भएको थियो । काम सुरु भएसँगै सांसद देखि स्थानीय सम्मले खुसीका साथ सामाजिक संजालमा तस्बिर सहितका आफ्ना विचार समेत व्यक्त गरेका थिए । तर हाल भने काम रोकिएको छ ।
कोइली खोला (क) नाम दिइएको उक्त नदीमा वर्षाै देखि जिर्ण अवस्थाको कजवेबाट यात्रारत नागरिकहरु मोटरेवल पुल बने सँगै सहज यात्रा गर्न पाउने आशामा छन् । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेट मार्फत डिपिआर भई पुल निर्माणका लागि टेण्डर अर्थात ठेक्का सम्झौता समेत भएको थियो ।
ठेक्का सम्झौता अनुसार सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले निर्माणको जिम्मा लिएको थियो । गत वर्ष डिपिआर सम्पन्न भएको भए पनि प्रदेश सरकारले यस वर्ष सो पुलका लागि बजेट विनियोजन गरेको हो । भदौमा निर्माण कम्पनीले काम सुरु गरेको भए पनि हाल करिब तीन महिना देखि निर्माण स्थालमा काम हुन सकेको छैन ।
एक हप्तामै काम सुरु हुन्छ : सासंद पन्थी
पुल निर्माणको काम हाल रोकिएसँगै प्रश्नहरु बढी आएपछि हामीले लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीलाई किन रोखिएको हो भनि सोधेका थियौँ । सासंद पन्थीका अनुसार सुरुको एक चरणको काम सकिएसँगै केही समयका लागि प्राविधिकको सल्लाहअनुसार जमिनको सतह बस्नका लागि काम रोखिएको थियो । करिब डेढ महिनाको समय लाग्ने बताइएकोमा त्यो समय पुरा भएको सासंद पन्थीले बताए । सो समयमा पनि करिब १० दिन धेरै भईसकेको छ । “अबको एक हप्तामा काम सुरु हुन्छ”, सासंद पन्थीले भने, “अरु कुनैपनि कारणले काम रोकिएको हैन, अब धेरै दिन लाग्दैन, मेरो विचारमा अब एक हप्तामा काम सुरु हुन्छ ।”
पुलको ठेक्का प्रक्रिया सँगै काम सुरु हुने खबर सासंद पन्थीले नै आफ्नो सामाजिक संजाल फेसबुकमा पहिलोपटक सार्वजनिक गरेका थिए । पुल निर्माण स्थलमा समेत पटक पटक पुगेका पन्थीले काम नरोकिएको दाबी पनि गरेका छन् ।
ठेकेदार भन्छन् : समयमै काम पुरा गर्छु
पुलको ठेक्का सम्झौतामा हस्ताक्षर गरी कामको जिम्मा लिएको सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले आफुले पाएको समयसीमा भित्रै निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । आयोजना प्रमूख यमलाल खनालका अनुसार करिब ६ महिनामा हुने काम आफुले ३ महिनामै गरेको बताए । उनका अनुसार हाल सो निर्माण स्थलमा पायलिङ (जमिन मुनि) को काम सकिएको र अब माथिको काम गरिने छ । हाल जमिन मुनि ३६ वटा पिलर बनाइएको छ । अब ति पिलरहरुलाई पायल क्यप गरी माथि पिलर उठाउने काम सुरु हुने उनको भनाई छ ।
आफुहरुले पहिलो चरणको करिब ३ करोडको काम सकिसकेको र सोको भुक्तानी हुन नसकेका कारण आफ्ठेरो परेको पनि उनको गुनासो छ । देशको अवस्थाका कारण आफुहरु मारमा पर्ने गरेका कारण सरासर काम गर्न नसकेको उनले बताए । प्राविधिकहरुका अनुसार करिब डेढ महिनाका लागि काम रोकिएको र सो समय पनि सकिएको उनले बताए । अबको १५ देखि २० दिनमा काम सुरु गर्ने ठेकेदार कम्पनीको दाबी छ ।
कुल ९ करोड ५० लाखको बजेट सिलिङ अन्तरगत रु. ६ करोड ८ लाखमा ठेक्का सम्झौता गरि सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले निर्माणको जिम्मा लिएको हो ।
सम्भावना धेरै भए पनि पुल नहुँदा ओझेलमा
अहिले सम्म सो कोइली नदीमा आएको बाढीले पाँच जनाको ज्यान लिइसकेको छ भने धेरैले जोखिमका साथ यात्रा गरिरहेका छन् । जिल्लामै सुगम नगरपालिका भनिएको बाणगंगाको कोइली नदीका कारण विभिन्न समयमा मानवीय जोखिम निम्ताउने खतरा समेत बढ्ने गर्दछ । लामो समय देखि पुलको माग गरिरहेका स्थानीयहरु पुल निर्माणको काम सुचारु हुने भएको सुनेसँगै खुसी भएका छन् । सो सडक खण्डलाई पूर्व पश्चिम राजमार्ग अन्तरत घेरवा बनगाई देखि अर्घाखाँचीको लागि दु्रत मार्गको रुपमा हेर्ने गरीएको छ भने कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा देखि जहदी, कोपवा, झण्डा, बनगाई , भलवाड हुँदै अर्घाखाँचीको डोहोटे मार्गको रुपमा समेत विकास गरिएको छ । यस्तै अर्घाखाँची जिल्लालाई सहजै नेपाल भारत सिमासँग जोड्ने नजिकको मार्ग पनि रहेको छ । यो समाचार लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया