

राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै



रुपन्देही
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा पुग्दा भएको विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थलतर्फ जाँदै छ ।
लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले भोलि तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने जनाइएको छ ।
राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर उनकी पत्नी तथा छोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ । छानबिन टोलीका संयोजक शर्माले एक चरण राज्यमन्त्री विमलासँग बुझ्ने काम भएको र घटनामा अर्को पक्ष अर्थात् बस्नेत परिवारसँग बुझ्न भोलि दाङ जाने तयारी गरेको बताए ।
सरकारी छानबिन टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । छानबिनका लागि कार्यदललाई १५ दिनको समय दिइएको छ । मन्त्री शर्माले राज्यमन्त्री विमलासँग घटनाबारे बुझिसकेको र बस्नेत पक्षका कुरा बुझेपछि घटनाका केही थप विषय बुझेर प्रतिवेदन लेखनतिर लाग्ने बताए । उनले भने, ‘हामीले तोकिएको मितिमै प्रतिवेदन बुझाउने गरी काम गरेका छौं ।’


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया