यस्तो छ, प्रदेशबाट बाणगंगाको भागमा विकासका लागि परेको बजेट

ई–साझाकुरा, कपिलवस्तु । आगमी आर्थीक वर्ष २०७९/०८० का लागि लुम्बिनी प्रदेश सरकार अन्र्तगत भौतिक पूर्वाधर तथा विकास मन्त्रालयले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ सहित विभिन्न वडाहरुका लागि बजेट विनियोजन गरेको छ ।

जस अनुसार बाणगंगा ९ स्थित भर्तापुर टोलको दुर्गा चालिसेको घर देखि शिवालय चोक हुँदै भर्लाबास सडक खण्डको स्तरोन्नतीका लागि रु ११ लाख बजेट छुट्टाएको छ । भौतिक पुर्वाधर तथा विकास मन्त्री सहसराम यादवका अनुसार बाणगंगाका अन्य वडामा पनि यसपटक प्रदेशको भौतिक पूर्वाधार तर्फ राम्रो बजेट प्रदान गरिएको बताउनुभयो ।

प्रदेशको विनियोजित बजेट अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ९ दिपक भुसालको घर देखि मुरेबाबा सडक स्तरोन्नतीका लागि रु. ८ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ । बाणंगगा ९ को यो दुई शिर्षकको बजेटका लागि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल र प्रदेश इन्चार्ज दानबहादुर चौधरीको समेत जोड थियो । यस बाहेक बाणगंगाका अन्य वडामा पनि भौतिक पुर्वाधरतर्फको बजेट विनियोजन गरीएको छ ।

यस्तो छ, बाणगंगाको भौतिक पुर्वाधरका लागि प्रदेशको विकास बजेट

– बाणगंगा नगरपालिका वडा नम्बर १ जेसिज चोक देखि १ नं. डाँडा सडक स्तरोन्नतीका लागि रु. १० लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ८ दुर्गा मन्दिर बगेनी हुँदै सिमनी नदिमा कजवे निर्माणका लागि रु. १५ लाख ।
– गजेहडा मुख्य सडक देखि बुद्ध आवाज रेडियो सम्म सडक कालोपत्रे १० लाख ।
– बाणग्ांगा नगरपालिका वडा नम्बर ११ पदमपुर गाउँ देखि रामजानकी मन्दिर जाने बाटो कालोपत्रेका लागि १० लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ३ को पिपरा देखि झुँगाह सडक खण्ड स्तरोन्नती रु. २५ लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ३ कउँवा थारुको घर देखि चन्द्र बि.कको घर सम्म सडक   स्तरोन्नतीका लागि ५ लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ४ को नगरपालिका भवन देखि शिव मन्दिर सम्म नालि विस्तार गर्न रु. १० लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ८ मा बाणगंगा बहुमुखी क्याम्पसको पश्चिम गेट तर्फको सडक आरसीसी ढलानका लागि रु. ८ लाख ।
– बाणगंगा नगरपालिका वडा नम्बर ११ बरोहवा कृषि सहकारी संस्थाको भौतिक पुर्वाधार निर्माणका लागि रु . १० लाख ।
– बाणगंगा ७ कोइली बनगाई पदम के.सीको घर देखि उत्तर तर्फ जाने सडक स्तोरोन्नतीका लागि रु. १० लाख ।
– बाणगंगा ११ नालि निर्माणका लागि रु. ८ लाख ।
– बाणगंगा ७ धैरेनीडाँडा, कोइलीबनगाई सडकमा कल्र्भट निर्माणका लागि रु. १२ लाख ।
– बाणगंगा १० कोटी देखि गलाह सडक स्तरोन्नतीका लागि रु. १० लाख ।
– बाणगंगा ७ बनगाई हाटबजार तर्फ जाने सडक स्तरोन्नतीका लागि रु. १० लाख ।
– बाणगंगा ११ ओदारी खानेपानी जाने सडक स्तरोन्नतीका लागि रु. ७ लाख ।
– बाणगंगा ४ भण्डारी चोक देखि व्यासमुनी सडक स्तरोन्नतीका लागि रु. ९ लाख ।
– बाणगंगा ३ कर्महना देखि पुर्व हथौसा जाने सडक खण्ड स्तरोन्नतीका लागि रु. ७ लाख ।
– बाणगंगा ४ सगरमाथा स मिल देखि शान्तीडाँडा जाने सडक स्तरोन्नतीका लागि ९ लाख ।
– बाणगंग ४ सामुदायिक अस्पताल जाने सडक मर्मतका लागि रु. ९ लाख ।
– बाणगंगा २ निगुरीय देखि दिनेश कार्कीको घर सम्म सडक कालोपत्रेका लागि १० लाख ।
– बाणगंगा २ कप्टैया सडक कालोपत्रेका लागि रु. १२ लाख ।
– बाणगंगा ६ कोपवा–बैदौली (जिर्णपुल) का लागि रु. ३५ लाख ।
– बाणगंगा ७ कोइली खोला पुल ख बनगाई, मोतिपुर, डोहोटे सडकखण्डका लागि १० लाख ।
– बाणग्ांगा ७ कोइली खोला पुल क बनगाई, मोतिपुर, डोहोटे सडकखण्डका लागि २० लाख ।

यस बाहेक प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि असार १ गते सार्वजनिक गरेको ४२ अर्ब बढीको बजेटमा विभिन्न अन्य मन्त्रालयगत शिर्षकमा बाणगंगाका लागि रकम विनियोजन गरेको छ । भौतिक पुर्वाधर तथा विकास मन्त्री सहसराम यादवले यसपटक बाणगंगा नगरपालिका विभिन्न वडाहरुलाई प्रथामिकताको सूचिमा राखेको बताउनुभएको छ । उहाँले जिल्लाका सबै क्षेत्रलाई समेट्ने गरी आफुले भौतिक पुर्वाधारको बजेट विनियोजन गरेको र प्रदेशका अन्य जिल्लालाई पनि समानुपातिक ढंगले यसपटकको बजेटमा समावेश गरेको बताउनुभयो ।

यस्तो छ, प्रदेशबाट बाणगंगाको भागमा विकासका लागि परेको बजेट

यहाँ भौतिक पुर्वाधार तथा विकास मन्त्रालय अन्र्तगतमात्र केन्द्रि बाणंगामा विनियोजित बजेट उल्लेख गरिएको छ ।

प्रतिक्रिया