रुपन्देहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(१ बाईपासस्थित सडकमा बसको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । लु २ ख ३८ नम्बरको बसको ठक्करबाट साईकलयात्री (हाल नाम, थर, वतन नखुलेका) करिब ४० वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

खबर सबै