

तिनाउ नदीले एक बृद्धलाई बगायो



बुटवल । तिनाउ नदीमा कवाड संकलन गर्न गएका एक वृद्धको बाढीले बगाएर मृत्यु भएको छ ।
बुटवलको बुद्धनगरमा नदीको बीच भागमा रहेकै बेला पाल्पातर्फबाट एक्कासी बाढी आएर बगाएपछि बुटवल–११ बुद्धनगरका ६४ वर्षीय किशोर बहादुर नेपालीको मृत्यु भएको हो ।
बाढीले बगाएर मृतक नेपालीको शवलाई बुटवलकै प्रगतिनगरमा पर्ने नदीबाट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस बुटवलका सशस्त्र प्रहरी सहायक निरीक्षक नारायण अर्यालको कमाण्डमा खटिएको टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
मृतकको घर पाल्पा भए पनि उनी केही समयदेखि बुटवलको सुकुम्बासी बस्ती बुद्धनगरमा बस्दै आएका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया