

एसीसी महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

काठमाडौं। नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो।
जितको लागि १०८ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन ८२ मात्रै बनाउन सक्यो। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक ३१ रन बनाइन्। उनले ४० बलमा २ चौका प्रहार गरेकी थिइन्।
मरिम्मा हैदर १४ बलमा १ चौकासहित १६ रनमा अविजित रहिन्। यता, कप्तान अम्ना तारिकले ३९ बलमा १४ रन बनाइन्। कुवेतका अन्य ब्याटरले भने दोहोरो अंकमा रन छुन सकेनन्।
नेपालका लागि सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक २ विकेट लिइन्। यता, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १र१ विकेट लिइन्।
त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।
नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन्। उनले २७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै, इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन्।
उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन्। यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन्।
कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। मर्याम ओमर र खदिजा खालिलको नाममा १र१ विकेट रह्यो।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो। लगातार दोस्रो जितसहित नेपालले सेमिफाइनको पुग्ने सम्भावना बलियो बनाएको छ।
यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्।
समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्। यता, समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया