

भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन





रासस, बुटवल । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन्।
जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे।
राष्ट्रिय भूमि आयोग, काठमाडौंको आयोजनामा बुटवलमा शनिबार भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाणले सबै नागरिकलाई घरजग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताए।
सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरुप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उनले उल्लेख गरे।
‘सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाइँहरु काम गर्नुस्,’ मन्त्री खाणले भने। स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उनले आयोग र स्थानीय पालिकाको समन्वमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिए।
सरकारका कुनै पनि कार्यालयले भूमि आयोगलाई सहयोग दिनु पहिलो दायित्व भएकाले सबैसँग सहयोग लिएर भूमिहीनलाई भूमिको व्यवस्था गरेर आफ्नो कामको सुरुआत गर्न मन्त्री खाणले पालिकाका प्रमुखहरुलाई आग्रह गरे।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए।
आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाएको उल्लेख गर्दै आयोगसँग समन्वय गरेर काम गर्ने बताए।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया