

बाणगंगाबाट मुख्यमन्त्री केसीले भने– “लगानीले प्रतिफल दिनुपर्छ”





राजेन्द्र खनाल, कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिले भइरहेका कामले केहीसमयमै रोजगारी सिर्जना गर्न सक्ने आधार सहित गरेको लगानीले प्रतिफल दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तह होस वा प्रदेश सरकार सबैले गर्ने कामको नजिता केही समयमा देखिने गरी र त्यसको प्रतिफल लिन सकिने गरी गर्नुपर्ने बताउनुभयो ।
बिहिबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मधुवनमा आठौ चुरे दिवसको अवसरमा आयोजना गरीएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले चुरे क्षेत्रको संरक्षणका लागि जनताकै, जनतालाई र जनताकै अग्रणी भुमिकाको रुपमा आफुले लिएको भन्दै शुभकामना पनि दिनुभयो ।
कार्यक्रम आयोजना प्रति केही असन्तुष्ट देखिनुभएका मुख्यमन्त्री केसीले आफुलाई यो कार्यक्रम आयोजना मन नपरेको भन्दै दिगो विकासको अवधारणा सहित दिर्घकालिन योजनाका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा आफुलाई बाँसका बिरुवा रोपिने भनिएको तर यहाँ अर्कै जातको बिरुवा रोप्ने कार्य भएको भन्दै यो विना योजनाको कामले कुनै उपलब्धि नदिने उहाँको भनाई थियो । “यहाँहरुले मलाई भन्दा बाँस रोपण छ भन्नुभयो, यहाँ अर्कै रोपण रहिछ”, उहाँले भन्नुभयो ।
प्रदेशका सबै नदी किनारमा बाँसका बिरुवा रोप्ने र यसले अबको १० वर्षमा उत्पादन दिन थाल्छ भन्ने प्रदेश सरकारको रणनिति रहेको पनि उहाँले सुनाउनुभयो । वडाले पनि योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
करिब दश मिनेट कार्यक्रमलाई सम्बोधन गर्नुभएका मुख्यमन्त्री के.सीले आफ्नो सबै समयमा आफुले ठूला कुरा नगर्ने र त्यस्ता कुराले समाजवाद पनि नआउने, मुलुक समृद्ध पनि नबन्ने स्पष्ट पार्नुभयो ।
योजनालाई उत्पादान र उत्पादनलाई रोजगारीसँग जोड्न सकेमा मात्रै अहिले गरेका कामको प्रतिफलमा सन्तुष्ट हुन सकिने बताउनुभयो । औपचारिकता तिरको युग सकिएको भन्दै मुख्यमन्त्री केसीले भन्नुभयो, “जनताले नाराहरु धेरै सुन्नेवाला छैनन्, समृद्धी, समाजवादको कुरा धेरै गर्दाखेरी जनताबाट कम विश्वास हुन थाल्यो । हामीले गरेको लगानीले प्रतिफल के पाइयो भन्ने प्रस्थान विन्दु बनाउनुपर्छ।”
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आठौँ चुरे दिवसको अवसरमा गरिएको बृक्षरोपणले खाली जमिनको संरक्षण र वन जंगलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले वृक्षरोपण गरेर मात्रै नहुने भन्दै अब रोपिएका बिरुवाको संरक्षण र विकासमा सबैले ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले मधुवनको बगर क्षेत्रमा करिब ७ हजार बढी बिरुवा रोपिएको बताउनुभयो । उहाँले वडाका तर्फबाट बोटविरुवाको संरक्षण र विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो । यस्तै उहाँले चुरे क्षेत्रको संरक्षण र वनको विकासका लागि सबै पक्ष योजनाबद्ध लाग्नुपर्ने उहाँको भनाई थियो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यन्वयन ईकाई रुपन्देहीले आयोजना गरेको आठौँ चुरे दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवन स्थित नदी संरक्षण पछि बनेको बगर क्षेत्रमा सिसौ,खयर, बडहर, बकाइनो लगाएतका प्रजातीका बिरुवाहरु रोपिएको कार्यक्रम कार्यान्वयन ईकाईका निर्मल थापाले जानकारी दिनुभएको छ । बृक्षरोपणको शुभारम्भ गर्दै मुख्यमन्त्री केसी र प्रदेश सासंद पन्थीले एक एक वटा काजुका बिरुवा रोपी अभियानको उद्घाटन गर्नुभएको थियो ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया