

नेपालमा मङ्कीपक्सका शङ्कास्पद एक जना बिरामी भेटिए, टेकु अस्पतालमा भर्ना


काठमाण्डाै
विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् ।
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो । ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।
मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।
मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आउँदाे हप्ता आपत्कालीन बैठकसमेत गर्न लागेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया