

त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी



काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो।
२ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।
अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एक/एक अङ्क बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितउन्मुख भएको थियो । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए ।
सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । नेपालका लागि रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले । रोहितको एक दिवसीयमा पाँचौँ, देव र आसिफको समान दोस्रो अर्धशतक हो । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २/२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ । त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा रहेको छ । ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया