

मलामी गएका दुई युवकको डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा मलामी गएका दुई जनाको डुबेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का सुरज रेग्मीको मलामी गएका हुम्ला घर भई धम्बोझीमा कोठामा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र लेकराज छन्त्यालको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । शाही र छन्त्याल रेग्मीको घरमा भाडामा बस्थे ।
बुधबार बिहान कोठामै रेग्मीको मृत्यु भएपछि दिउँसो राप्ती नदीस्थित सिधनियाघाटमा दाहसंस्कार गरिएको थियो । मलामी गएका शाही र छन्त्याल पौडी खेल्ने क्रममा डुबेका हुन् ।
मलामी गएका दुई जना घर नफर्किएपछि बुधबार साँझ नै उनीहरूको खोजतलास गरिएको थियो । त्यसक्रममा नदी छेउमा दुई जोडा कपडा र मोबाइल फेला परेको थियो । उनीहरू नदीमा डुबेको आशंका गरेर खोजतलास गर्दा बिहीबार बिहान शव फेला परेको हो । नेपालगन्जमा कोठा भाडामा लिएर बस्ने दुवै जना धम्बोझी माविमा कक्षा १२ को परीक्षा दिएर बसेका थिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया