

राप्ती नदीमा बेपत्ता २ युवकको शव फेला


बाँके । बाँकेको डुडुवा गाउँपालिका ४ सिधनियाघाटस्थित राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता दुई युवकको शव फेला परेको छ।
बुधबार अपराह्न करीब ४ बजेदेखि बेपत्ता भएका हुम्लाको सिमिकोट गाउँपालिका ८ घर भइ हाल नेपालगञ्ज(१ धम्बोझीमा बस्ने १८ वर्षीया त्रिबल शाही र २१ वर्षीया लेकराज छन्त्यालको शव बिहीवार बिहान फेला परेको हो। शाही र छन्त्याल कक्षा १२ को परीक्षा दिएर बसेका थिए।
घरबेटीको मलामी गएका उनीहरू घर नफर्किएपछि खोजतलास गरिएको थियो। खोजतलास गर्ने क्रममा नदी किनारमा दुई जोडी कपडा र एक थान मोबाइल फोन फेला परेको थियो।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया