

दाङमा जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध



दाङ । दाङ जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज बुधबार उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एमालेले उम्मेदवारी दर्ता नगरेपछि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू निर्विरोध भएका हुन् । निर्वाचन आयोग यसको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका थिए। समितिको प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माले उम्मेदवारी दिएका थिए। उनी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं। ७ बाट सदस्यमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा कांग्रेसकी चेतना चौधरीको निर्विरोध भएकी छन् । उनी बबई गाउँपालिका वडा नं।७ बाट सदस्यमा निर्वाचित भएकी थिइन् । त्यस्तै सदस्यमा कांग्रेसका कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) बनेका छन्। भएका हुन् ।
माओवादी केन्द्रबाट टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका थिए। दुबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया