
आइ.एम.ई. लाइफ इन्सोरन्स जितपुर शाखाले दियो मृत्यु दाबी रकम भुक्तानी

कपिलवस्तु । कपिलवस्तुको चारनम्बर जितपुरमा रहेको आइएमई लाइफ इन्सोरन्स जितपुर शाखाले २१ लख २० हजार १ सय ८८ रुपैँयाको मृत्युदाबी रकम भुक्तानी गरेको छ । सो कम्पनीको जितपुर शाखामा जीवन बिमा गरेका रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियाका हरिबहादुर पाण्डेको कोभिड १९ का निधन भएपछि कम्पनीले निजको इच्छाएका व्यक्तिका बुबा गुमबहादुर पाण्डेलाई सो रकम बराबरको चेक मंगलबार हस्तान्त्रण गरेको संस्थाका शाखा प्रबन्धक गणेश कार्कीले बताउनुभयो ।
बिमा गरेपछि एक लाख ४५ हजारका दरले तीन किस्ता मात्रै बुझाएका पाण्डेको परिवारलाई राहत मिलेको छ । पारिवारिक स्रोतका अनुसार उक्त रकम आस्रित परिवारका सदस्यहरुको शिक्षामा खर्च गरिने बताएका छन् ।
कार्यक्रममा कम्पनीका लुम्बिनी प्रदेश प्रमूख प्रेम तिमिल्सीना, तालिम विभाग प्रमुख शुनिल आचार्य, क्षेत्रीय शाखा प्रमूख राजेन्द्र पन्थी, जितपुर शाखा प्रमूख गणेश कार्की लगाएतको उपस्थितिमा सो रकम बराबरको चेक पाण्डे परिवारलाई हस्तान्त्रण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रदान गरेको चेक ग्रहण गर्दै मृतकका बुबा गुमबहादुर पाण्डेले बिमा रकमलाई पैसा वा नगद सँग तुलना नगरी मानिसको मृत्युपछि आश्रीत परिवारको भविष्यसँग जोडेर हेर्नुपर्ने बतउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया