

बाघको आक्रमण बढेपछि नागरिकहरु प्रर्दशनमा झडप हुँदा एकको मृत्यु


बर्दिया । बर्दियामा आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ ।
झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई प्रहरीको गोली लागेको पुष्टि भएको छैन ।’
सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ । पोष्टमार्टम गरेपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रजिअ बास्तोलाले बताए ।
मधुवन नगरपालिकामा दुई साताअघि पनि एकजना स्थानीयलाई बाघले आक्रमण गरेको थियो । लगातार बाघको आक्रमण भएपछि स्थानीयले बाघ नियन्त्रण गर्न माग राखेर आन्दोलन गरेका हुन् । लगातार राजमार्ग बन्द गरेपछि प्रहरीले हवाई फायर गरेको प्रजिअले दाबी गरेका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया