

दोस्रो अभ्यास खेलमा नेपालको जित


काठमाण्डौ । विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ ।
पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।
नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो ।
उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर ढकालले दुई विकेट लिए । आईसीसी विश्व कप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुईरदुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ ।
त्यस्तै जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया