दाङमा लागूऔषध खैरो हिरोइनसहित २ युवक पक्राउ

दाङ । दाङमा लागूऔषध कारबार गर्दै गर्दा २ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं– १५ स्थित एक होटलमा लागूऔषध खैरो हिरोइन कारोबार गर्दै गर्दा दाङ र रुकुमका दुई युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दाङ घोराही– १६ बस्ने ३० वर्षीय रमेश पुनमगर र रुकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका– ७ बस्ने २० वर्षीय विशाल बुढामगर रहेका छन् । उनीहरुलाई लागूऔषध कारोबार हुँदै गरेको सूचनाका आधारमा गएको प्रहरी टोलीले शुक्रबार राती पौने ९ बजे पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ ग्राम ३० मिलीग्राम लागूऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई युवकमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

खबर सबै