

टर्कीको नाम फेरियो, अब टर्किये



एजेन्सी
संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।
संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयाे । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।
गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।
टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भन्नुभएको थियो । त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भन्नुभएकाे थियाे । उहाँले टर्कीयेले टर्कीका नागरिककाे संस्कृति, सभ्यता र मान्यतालाई राम्राेसँग प्रतिनिधित्व गर्ने बताउनुभएकाे थयाे ।
यसका साथै एर्दाेआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि ‘मेड इन टर्किये’ लेख्न भन्नुभएको थियो ।
तस्बिर : सामाजिक सञ्जाल


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया