फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुग्यो युक्रेन

एजेन्सी । युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुगेको छ ।

बुधवार राति भएको खेलमा स्कटल्याण्डलाई ३(१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो ।

अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।

प्रतिक्रिया

खबर सबै