

नेपालमा कोरोना : संक्रमित बढ्दो, निको हुने घट्दो


काठमाडौं
कोरोना भाइरसको महामारीबाट निको हुने भन्दा संक्रमित हुने बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १५ कोरोना संक्रमित थपिएको जनाएको हो ।
जसमा पीसीआरबाट १२ जना र एन्टिजेनबाट ३ जना संक्रमित थपिएका हुन् । सो दिन निको हुनेको संख्या भने ११ मात्र रहेको छ ।
सक्रिय संक्रमित बढेर ९८ पुगेका छन् । जसमा एन्टिजेनबाट पोजेटिभ पाइएकाको संख्या भने जोडिएको छैन ।
बुधबार थपिएका संक्रमितमा काठमाडौंका ६, धनुषाका २, भक्तपुर, कास्की, रुपन्देही र महोत्तरीका १–१ जना हुन् ।
त्यस्तै थपिएकामा ४१ देखि ५० वर्षका ४ जना तथा २१ देखि ३० र ३१ देखि ४० वर्षका ३–३ जना हुन् ।
हाल काठमाडौंमा १७, भक्तपुरमा ३ तथा ललितपुरमा १ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । मंगलबार र बुधबार गरी ३ लाख ३ हजार ७५७ जनाले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको तथ्यांक मन्त्रालयले दिएको भए पनि यो संख्या निकै बढी रहेकोसमेत बताइन्छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया