

मंसिरको पहिलो साताभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी



काठमाडौं
पाँच दलीय सत्तारुढ गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने प्रस्ताव आएको तर, यस विषयमा दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँग परामर्श लिने तयारी गरिएको छ ।
आयोगसँग परामर्श गरेपछि सरकारले दुवै तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । चुनाव एकै वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा गठबन्धनको बैठकमा निर्णय भएको छैन । बैठकमा दुवै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव आएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया