

उद्योग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने



काठमाण्डाै
सरकारले उद्योग क्षेत्रको विकासलाई मुख्य ध्यान दिएर बजेट सार्वजनिक गरेको छ । आउँदो आर्थिक वर्षका लागि उत्पादनमा वृद्धि देशकाे विकास र समृद्धि विशेष अभियान दशक २०७९/२०८९ सञ्चालन गरिने भएको छ ।
नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार बढाउनका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभोग अभिवृद्धि कार्यक्रमका लागि तीन अर्ब ४५ करोड रुपैयाँ विनियोजन भएको छ । निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानलाई सरकारले साथ दिने भएको छ । उत्पादनमूलक उद्योगका लागि उपकरण खरिदमा सरकारले छुट दिने भएको छ । विदेशबाट फर्किएका युवाको उद्योगका लागि सहुलियत दिने, सबै प्रदेशमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने, पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी प्रशोधनका लागि सुर्खेत र अत्तरियामा उद्योग स्थापना हुने भएको छ । कृषिजन्य वस्तुको उत्पादनमा आधारित उद्योग खोलेमा विशेष छुट दिइने बजेटमा उल्लेख छ ।
उद्योग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने र वैदेशिक लगानी आकर्षित गर्न १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।
चितवनको शक्तिखोर लगायतका ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने, पालिकामा औद्योगिक ग्राम स्थापनाका लागि बजेट विनियोजन भएको छ । भैरहवा र सिमराका विशेष आर्थिक क्षेत्र सेजलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, काभ्रेको पाँचखालको सेज आउँदो वर्ष सम्पन्न गर्ने पनि बजेटमा उल्लेख छ । यस्तै सुदूरपश्चिम प्रदेशको हरैया र प्रदेश १ को सुनसरीमा विशेष आर्थिक क्षेत्र सेज स्थापना हुने भएको छ । औद्योगिक पूर्वाधार निर्माणका लागि तीन अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
नवलपरासीको धौवादीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गर्ने, सुर्खेतमा स्थापना भएको किम्मती र अर्ध किम्मती पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने उल्लेख छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया