

वाणगंगा ९ का अजयलाई खुला दौड प्रतियोगिताको उपाधि


लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना भएको थियो ।
कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पसका पाण्डेले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरी पार गरेका थिए । प्रतियोगितामा नवीन औद्योगिक माविमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए ।
यसैगरी महिलातर्फ दाङको घोराहीकी अनिषा चौधरीले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरी प्रथम भएकी थिइन् । यसैगरी कालिका माविकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भइन् ।
लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम गरिएको परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र पाउनेछन् । उनीहरुलाई आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने छ ।
कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताएका थिए । दौड प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया