
मूल्यबृद्धि बढेपछि भैरहवामा चक्काजाम

भैरहवा । मूल्यबृद्धिको विरोधमा भैरहवामा चक्काजाम गरिएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्कजाम गरिएको हो।
अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्कजाम गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्तरुपमा साँझ ५ बजेदेखि साढे ६ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामले सिद्धार्थ राजमार्ग र भैरहवा तौलिहवा सडक केही समय अवरुद्ध रह्यो । नागरिकलाई सास्ती दिनु भन्दा पनि शान्तिपूर्ण रुपमा सरकारको विरोध स्वरुप बन्द चक्काजाम गरिएको हो ।
समान्य नागरिकले जीवन थेग्न नसक्ने गरि जनतालाई ढाड सेक्ने गरि भएको मूल्यबृद्धि तत्काल फिर्ता गर्नका लागि सरकारको ध्यानाकृष्ट होस भन्ने हेतुले पनि चक्कजाम आव्हान गर्नु परेको अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य लक्ष्मी केसीले बताइन्।
संयुक्त भातृ संगठनको चक्काजामले यात्रुहरुलाई सास्ती दिनुको साटो मनोरञ्जनसमेत दिएका छन्। चक्काजाम गरेर संगठनका कार्यकर्ता तथा नेताहरुले सडकमै चिया पकाएर चियापान गरेका छन् । उनीहरुले दाउरा बालेर सडकमै चिया पकाएर यात्रु र उपस्थितलाई चियापान गराएका थिए।
चक्काजाम अगावै अनेरास्ववियुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ। गठबन्धन सरकारले नियोजित ढङ्गले मुल्यबृद्धिका लागि प्रोत्साहन गरिरहेको र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि गरेकोले बाध्य भएर चक्काजाम गर्नु परेको जनाएको छ।
अनेरास्ववियू सिद्धार्थनगर नगरकमिटीका अध्यक्ष सुनिल खनाल नेतृत्वमा संगठनको टोलीले प्रजिअ तिवारीलाई ज्ञापनपत्र बुझाएका हुन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया