

आइपिएल क्रिेकट : बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा


काठमाण्डौ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको हो ।
बेङ्ग्लोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।
बेङ्ग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । बेङ्ग्लोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।
कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३र३ विकेट लिए । अब भोलि हुने फाइनलमा राजस्थान र गुजरात टाइटन्स खेल्ने भएका छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया