

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने



काठमाडौं
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।
यद्यपि कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि हुँदा नेपालमा समेत यसको मूल्यवृद्धि चुलिएको छ ।
अहिले सरकार पेट्रोलियम पदार्थ आयातमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क लगायत जोडेर चर्को कर लिइरहेको भन्दै यसको आलोचना समेत हुँदै आएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया