

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

दाङ
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।
दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेकाे ट्रकले माेटरसाइकललाई ठक्कर दिएकाे थियाे ।
पुनकाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनु भयाे ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया